मंसिर ४ गते मलाई सहयोग गर्नुस् म पाँच वर्ष सेबक बन्नेछु : पोख्रेल

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचारप्रसारलाई आक्रामक ढंगले अगाडि बढाएकी छन् ।

यो निर्वाचन क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडा समेटिएका छन् । यो क्षेत्रअन्तर्गतका सबै वडावासीको घरदैलोमा कुन्ती पोख्रेल पुगिसकेकी छिन् ।

jutta mela

आज बिहानैदेखि वडा नं ३ स्थित जर्सीङपौवा, कात्तिकेलगायतका स्थानमा मतदातासँग भेटघाटमा पोख्रेरेल व्यस्त छिन् । भेटघाटका क्रममा यहाँका मतादाताले गरेको स्वागत र जनसागर उर्लिएको देख्दा आफ्नो जित सुनिश्चित भइसकेको पोख्रेलले प्रतिक्रिया दिइन् ।

यसले नेपाली समाजको अपेक्षाअनुसार परिवर्तका लागि बाटो खोलेको पनि उनले बताएकी छिन् । ‘मंसिर ४ गते एक दिन मलाई सहयोग गर्नुहोस् म तपाईंहरुको पाँच वर्ष सेबक बन्ने छु,’ प्रोख्रेलले प्रतिवद्धता जनाइन् । उनले थपिन्, ‘म यो क्षेत्रमा तपाईंहरुको काम गर्न आएकी हुँ, काम गरेरै छाड्छु ।’

You might also like

Comments are closed.