नेता होइन राष्ट्र सेवक भएर काम गर्नका लागि मेरो उम्मेदवारी हो : कुन्तिदेवी पोख्रेल

काठमाडौं । काठमाडौं क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रीय सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आममतादाता माझ आफू नेता बन्नको लागि नभई राष्ट्रसेवक भएर काम गर्न चुनाव लडेको बताएकी छिन् ।

उनले काठमाडौं क्षेत्र नं २ शखंरापुर नगरपालिकाको वडा नं २ का मतदातासँग भेटघाटका क्रममा यस्तो बताएकी हुन् । उनले मतदाता नेता कार्यकर्ताको आम समर्थन बृद्धि भइरहेको र आफु जित्नेमा विश्वस्त रहेको उल्लेख गरेकी छिन ।

jutta mela

उनले भनिन्, ‘म नेपालमा कहिल्यै पनि नेता बन्ने छैन तपाइ आम मतादाताले जिताउनु भयो भने म राष्ट्रसेवक भएर काम गर्ने छु तपाइहरुकै घर आँगनमा आएर हामी काम गर्ने छौ यहाँहरुसंग मेरो बरोबर भेटघाट भइरहने छ ।’ उनले नेपालका नेताहरुले जनताको शक्ति लगेर जाने तथा उनीहरुले जितेपछि फेरी भेट्न नआउने हुनाले अव परिवर्तनको आवश्यक्ता रहेको बताइन ।

यति बेला काठमाडौं क्षेत्र नं २ मा उनले बनाएका योजनाहरुले यहाँका आम जनताको मन र विश्वास जित्न सफल रहेको विभिन्न मानिसहरुले बताइरेहका छन । यो समय उनले आफ्नो नेपाली समाजको सुनौलो दिनहरु आइरहेकाले राम्रा उम्मेदवारलाइ भोट हालेर जिताउन आग्रह गरेकी छिन ।

You might also like

Comments are closed.