मलाई आम युवाहरुको समर्थन छ उहाँहरुले ‘हलो’मा भोट हाल्नुहुन्छ : कुन्ति पोख्रेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आफूलाई आम युवाहरुको समर्थन रहेको बताएकी छिन् ।

उनले पछिल्लो पुस्ताका युवाहरु राज्यको बेथिति, कुसस्कारको सिकार भइरहको बताउँदै अब युवाहरु यस्ता प्रवृतिको अन्त्य गर्ने पक्षमा रहेको बताएकी हुन् । काठमाडौं क्षेत्र नं २ स्थित काँडाघारीमा भएको चुनावी सभामा बोल्दै उनले सो कुरा बताएकी हुन् । उनले नेपालमा राजनीतिले सबै कुराको अभाव सिर्जना भएपछि नेपालका युवाहरु विदेशिन वाध्ये बनाइएको नेपालमा उत्पादनका सम्पूर्ण कलकारखना बन्द गरेर रोजगार गुमाइएको नयाँ कलकारखना खोल्नका लागि सरकारले कुनै पहल नगरेकाे नेपालमै बसरे व्यवसाय गर्नका लागि लगानिको सुरक्षा नभएको लगायतका विषय उठान उनले गरेकी छिन् ।

jutta mela

उनले भनिन्, ‘नेपालमा युवाहरुको लागि खै व्यवस्थापन, खै राज्य ?’ भन्दै प्रतिप्रश्न गरेकी छिन् । ‘यतिबेला नेपालको विकास गर्न सक्ने बल बुद्धि र क्षमताले भरिएको युवाहरु सबै विदेशमा गएर काम गरिरहनु भएको छ, नेपालमा न युवाहरुलाई बस्ने बताबरण छ न त उहाँहरुलाई न कुनै रोजगार छ, न कुनै लगानी गर्ने बातावरण ? जब यहाँ कुनै पनि काम गर्ने ठाउँ छैन भने यहाँ किन बस्ने ? ‘ उनले भनिन् ।

समकालीन देशहरुले आर्थिक विकास गरेर नेपालका युवाहरुलाई विदेशीको गुलाम बनाउन वाध्ये बनाउँदै हिड्ने अराजक नेतृत्वहरुले नेपालको युवाहरुलाई कुनै पनि हालतमा रोजगार दिन नसक्ने त्यसको लागि आफूले जित्नुपर्ने उनले बताइन् । यतिबेला नेपालका युवाहरुलाई बेवास्ता गरेको र उनीहरुले पठाएको रेमिटेन्सको समेत दुरुपयोग गरेर नेपाली समाजको आर्थिक विकासमा बाधा पुर्‍याउनेहरुलाई अगाडि बढाउन नसकिने उनको तर्क छ ।

उनले भनिन्, ‘लाखौ युवाले अब यो देशको मुहार फेर्ने काम गर्नुपर्छ । त्यसको समुचित व्यवस्थापन राज्यले गर्नुपर्छ । अब मलाई हलोमा भोट जिताउनुहोस् त्यसको समुचित व्यवस्थापन म गर्छु ।’

You might also like

Comments are closed.