कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम सञ्चालन

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।

कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरिएको छ ।

टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी, लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणी अन्तर्गतको डिलर शोरूम उद्घाटन गरेका हुन् ।

निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । लेमिनार टायल्सका अर्का निर्देशक आशुतोश खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको बताए ।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ ।

यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चापदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।

You might also like

Comments are closed.