महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्टार हस्पिटल लिमिटेड र अल्फा केयर प्रा. लि. सँग सम्झौता गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ स्टार हस्पिटल र अल्फा केयरसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयरका सेवाहरुमा पनि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमका सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुँच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

You might also like

Comments are closed.