काठमाडौं । नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालि र जी.ओ. अटोमोबाइल्स प्रालिलाई काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५ मा संयुक्त रूपमा ‘मोस्ट प्रोमिसिग पार्टनर’ पुरस्कारबाट सम्मान गरिएको छ ।
चीनको यिबिनमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई नेटवर्कभरिका ५० क्षेत्रीय वितरकमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकमा उभ्याएको छ । यसले नेपाली बजारमा बलियो वृद्धि क्षमता र प्रभावकारी प्रदर्शनलाई प्रतिबिम्बित गरेको छ ।
यो कार्यक्रम अन्तर्राष्ट्रिय सहकार्यको उत्सवको रुपमा अन्तरदृष्टिपूर्ण छलफल, रणनीतिक नेटवर्किङ र रोमाञ्चक विश्वव्यापी साझेदारीसहित आयोजना गरिएको छ । यस प्रतिष्ठित सम्मानले लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सको नेपाली बजारमा काइयी सवारी साधनहरूलाई ग्राहकसम्म पुर्याउने र प्रवद्र्धन गर्ने उत्कृष्ट प्रयासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । उनीहरुको ग्राहकलाई सन्तुष्ट बनाउने र सम्भावित वृद्धिप्रतिको प्रतिबद्धतालाई पनि प्रमाणित गरेको छ ।
यस गतिलाई अगाडी बढाउदै काइयी नेपालले लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्समार्फत उपभोक्ताको आवश्यकता र प्राथमिकता पूरा गर्न डिजाइन गरिएका नयाँ मोडेलको रोमाञ्चक लाइनअप सुरु गर्ने तयारी गरेको छ । यी सवारी साधनले स्थानीय ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्न उन्नत सुविधाहरू र उत्कृष्ट परफरमेन्स र ग्राहकको सन्तुष्टिसहितको मूल्य निर्धारणको प्रतिबद्धता गर्दछन् ।
यस अवार्डसँगै लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नेपालभरि ‘इनोभेसन एण्ड रिलायबल मोबिलिटी सोलुसन्स innovative and reliable mobility solutions प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
Comments are closed.