विविध कार्यक्रम गरी लक्ष्मी लघुवित्तले मनायो वार्षिकोत्सव

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो १२औं वार्षिक उत्सव मनाएको छ । बुधबार विविध कार्यक्रमका बीच संस्थाको केन्द्रीय कार्यालय महाराजगञ्जमा वार्षिक उत्सव मनाइएको छ।

संस्थाका सिइओ प्रकाशराज शर्माले संस्थालाई अगाडि बढाउन हालसम्म सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुमा धन्यवाद ज्ञापन गरेका थिए । वार्षिक उत्सवको अवसरमा संस्थाले आजसम्म गरेका क्रियाकलापहरुलाई समेटेर तयार पारिएको स्मारिका प्रकाशन गरिएको छ ।

स्मारिकाको सिइओ प्रकाशराज शर्मा, संस्थाका संचालक समितिका अध्यक्ष जीवनप्रकाश लिम्बू, संस्थाका पूर्व अध्यक्ष एवं हाल लक्ष्मी बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संयुक्तरुपमा विमोचन गरेका थिए ।

jutta mela

कार्यक्रमको संचालन संस्थाका डिसिइओ सुन्दरप्रसाद श्रेष्ठले गरेका थिए । संस्थाको १२औं वार्षिक उत्सवका अवसरमा केक काटेर एक आपसमा शुभकामना साटासाट गरिएको थियो । संस्थाको वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको छ । जसमा लक्ष्मी लघुवित्त, लक्ष्मी बैंकलगायत अन्य बैंकिङ संस्थाका कर्मचारीहरु गरी कुल ३७ जनाले रक्तदान गरेका छन् ।

कायक्रमबाट ३७ पिन्ट रगत संकलन गरिएको छ । रक्तदान कार्यक्रममा नेपाल रेटक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार विभाग कालिमाटीले प्राविधिक सहयोग गरेको थियो ।

साथै संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा रानीवनमा अवस्थित मानव सेवा आश्रमको सरसफाइ तथा वेसहारा वृद्धवृद्धाहरुलाई खाद्यन्न सामग्री वितरण गरिएको संस्थाका सामान्य प्रशासन विभागिय प्रमुख दिलिप शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.