कार्यक्रमको गुणस्तर सुधारको लागि शाखा प्रमुखलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं । लक्ष्मी लघुवित्तको कार्यक्रमलाई थप सुधारिएको र ग्राहक मैत्री बनाउदै लैजाने उदेश्यले “कार्यक्रम सुधार हाम्रो अभियान” अन्तर्गतको २४ वटा शाखाका प्रबन्धलाई काठमाडौंमा Training on Issue Based Management Strategics & Approaches for branch Management कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २ दिनसम्म चलेको थियो ।

कार्यक्रमको शुभारम्भमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले संस्थाको Digital Campaign  लाई सार्थक बनाउनLaxmi Laghubitta Smart App को प्रयोग तर्फ ग्राहक सदस्यहरुको आकर्षण बढाउन थप पहल गर्ने सम्बन्धमा मार्गदर्शन प्रदान गरेका थिए । समस्या समाधानमा स्मार्ट हुनुपर्ने र तरलता व्यवस्थापन गर्दै शाखामा नियमित कारोबार गर्दै जाने सम्बन्धमा शाखा प्रमुखहरुलाई थप उत्प्रेरित गरेका थिए ।

फिल्ड÷शाखामा काम गर्ने शिलशिलामा ग्राहक सदस्य तथा कर्मचारीहरुबाट आइरहेका वा भविष्यमा आउन सक्ने समस्याहरुका बारेमा शाखा प्रमुखहरुलाई नै व्यक्त गर्न लगाइएको थियो । चुनौती तथा समस्याहरुलाई टिपोट गरी समूहलाई नै समाधानको उपायहरु प्रस्तुति गर्न लगाइएको थियो । समूहको ज्ञिज्ञासाहरुमा व्यवस्थापन समूहका कर्मचारीबाट समेत प्रष्ट पारिएको थियो । समस्याको समाधान तर्फ भन्दा समस्यालाई आउन नदिन पुर्वसक्रिय कार्यशैली अपनाउनु नै वाञ्छनीय हुने कुरामा जोड दिइएको थियो । समस्या आइसकेपछि त्यसको समाधानका लागि लाग्ने मिहिनेत र लागत भन्दा समस्या आउन नदिन लाग्ने मिहिनेत र लागत कम हुने हुदा सो तर्फ विशेष फोकश भई काम गर्नुपर्ने सम्बन्धमा कार्यक्रम केन्द्रीत रहेको थियो ।

कार्यक्रममा संस्थाका नायब महाप्रबन्धक सुन्दर प्रसाद श्रेष्ठ, मुख्य प्रबन्धक पूर्णवासी चौधरी, विभागीय प्रमुखहरु तथा केन्द्रीय कार्यालय मातहतका कर्मचारीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको पृष्ठपोषण लिने क्रममा सहभागी कर्मचारीहरुले विभिन्न शाखामा फरक फरक किसिमका समस्या र चुनौतीहरु हुने र त्यसको समाधान गर्ने शैली÷तरिकाहरु समेत व्यापक हुने हुदा यस कार्यक्रमबाट शाखामा नयाँ समस्या आउन नदिन तर्फ प्रतिवद्ध भएको साथै आगामी दिनमा समस्या र चुनौतिको समाधानमा थप आत्मविश्वास थपिएको अनूभुति व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.