काठमाडौं । लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिकोत्सव भव्यताका साथ केन्द्रीय कार्यालय तथा शाखामा मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत सङ्कलन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संजय साई विद्या मन्दिरको पुस्तकालयलाई पुस्तकहरु वितरण गरिएको छ ।
विभिन्न शाखा कार्यालयबाट स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका व्यक्ति, वृद्धिजिवी वर्ग, ग्राहक सदस्य तथा अभिभावकको उपस्थितिमा ३ हजारलाई वित्तीय साक्षरताबारे जानकारी दिइएको छ ।
केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सन्राइज बैंकका उच्च व्यवस्थापनका कर्मचारी, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र केन्द्रीय कार्यालय मातहतका कर्मचारी लगायत कार्यक्रममा सहभागी थिए ।
वि.स.२०६७ साल मङ्सिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विधिवत रुपमा यस कम्पनीको स्थापना गरिएको हो ।
Comments are closed.