भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

नमोवुद्ध न.पा. ७, काभ्रेमा अवस्थित संस्थालाई खानेपानी कार्यालय सञ्चालनका लागि सहयोग स्वरुप ११ (एघार) थान कुर्सी र १ (एक) थान टेबुल हस्तान्तरण गरिएको हो । बैंकको भकुण्डेवेशी शाखा कार्यालयका प्रमुख विनोद गिरीले संस्थाका अध्यक्ष उद्वववप्रसाद हुमागाँईलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।

प्रमुख गिरीले भकुण्डेवेशी क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकोे लागि सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताएका छन् ।
कार्यक्रममा बैंकका शाखा प्रवन्धक विनोद गिरी, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उद्ववप्रसाद हुमागाँई, सदस्यहरु वसुनारायण श्रेष्ठ, भिमकुमार मैनाली तथा अन्य सदस्यहरुसहित करिब ३५ जनाको उपस्थिति रहेको थियो ।

jutta mela

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा हाल करिब ८ सय उपभोक्ता सदस्यहरू रहेका छन् । हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

 

You might also like

Comments are closed.