नुवाकोट । लुम्बिनी विकास बैंकले नुवाकोटको बट्टार बसपार्कका लागि टि.भी. हस्तान्तरण गरेको छ । यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले लुम्बिनी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकाको अनुरोधमा टि.भी. हस्तान्तरण गरेको हो ।
शाखा प्रमुख बिश्वम्भरमानसिंह डंगोलले बिदुर नगरपालिकाका नगर प्रमुख राजनलाल श्रेष्ठलाई ४३ इन्चको रंगिन टेलिभिजन एक थान र डिस होम एक थान प्रदान गरेका छन् ।
टि.भी. हस्तान्तरण गरेकोमा नगर प्रमुख श्रेष्ठले लुम्बिनी विकास बैंकलाई धन्यवाद दिए । साथै हस्तान्तरण समारोहमा युवा नेता निलमबाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकारलगायत, बैंकको बट्टार शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोल तथा देबीघाट शाखा प्रमुख रमेशकुमार नेपाललगायत अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा थप तिन शाखाहरु काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले जानकारी दिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ”भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
Comments are closed.