लक्ष्मी बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । आ.व. २०७८/७९ मा एक खर्ब ३९ अब रुपैयाँ निक्षेप र एक खर्ब ३२ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको बैंकको वासलातको आकार एक खर्ब ७३ अर्ब रहेको छ ।

यो आ.व.मा बैंकले एक अर्ब ५१ करोड रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

You might also like

Comments are closed.