काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले सोमबार १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा साधारण सभा भएको हो ।
साधारण सभाले आ.व. २०८०/८१ को बार्षिक प्रतिबेदन पारित गरी आ.व. ०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयरसहित कुल ७.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारण सभामा आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका हुन् ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.