लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा छुट

लुम्बिनी । लुम्बिनी विकास बैंक लिमिटेड र होटल वृन्दावन प्रालि बीच सम्झौता भएको छ । बैंकले होटल वृन्दावनमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधामा छुट दिने सम्बन्धमा सम्झौता गरेको हो ।

होटल वृन्दावन पर्साको बिरगञ्ज उपमहानगरपालिका १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका सम्पुर्ण ग्राहकलाई होटल वृन्दावनका विभिन्न सेवा तथा सुबिधामा ३० प्रतिशतसम्म छुट दिइनेछ ।

होटल वृन्दावनको विभिन्न सेवा तथा सुबिधा अन्तर्गत ग्राहकले खानाका परिकार तथा पेय पदार्थमा १० प्रतिशत साथै होटल कोठाको शुल्कमा ३० प्रतिशत छुट लिन सक्नेछन् । सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक कृष्णकुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकडको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.