लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई सम्मान

लुम्बिनी । लुम्बिनी विकास बैंक लिमिटेडले पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । पर्वतारोही शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले सम्मान गरेको हो ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गर्दै उनको प्रगतिको कामना गरेका छन् । शेर्पा बिगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आबद्ध छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औं पटक आरोहण गरेको बोहराले जानकारी दिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस विकास बैकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.