लेखनाथ महोत्सवमा दर्शकको उत्साहजनक सहभागीता

लेखनाथ । पुस १८ गते देखि लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् । महोत्सवको एघारौं दिनसम्म आइपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडी बढेको छ ।

हरेक दिन दर्शकको भीडभाड उत्तिकै देखिएको महोत्सव आयोजक मुल समितिका संयोजक विनोद श्रेष्ठले बताए । महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आमसर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको र महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलमा पनि दर्शकको आकर्षण बढेको अध्यक्ष श्रेष्ठले बताए ।

बालबालिकादेखि बृद्धबृद्धासम्मको लागी मनोरञ्जन लिने एउटै साझा मञ्च लेखनाथ महोत्सव सावित भएको सहसंयोजक राजेन्द्र ओझाले बताए । मंगलवार महोत्सवको समापन हुने भएकाले यस पटकको महोत्सवले पनि लक्ष्य बराबरकै सफलता हात पार्न सक्ने अनुमान गरिएको छ । महोत्सवमा आएका दर्शकले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार पनि बढेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रववावु भट्टराई बताउँछन् । आईतवार मात्र ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको र १ करोड १० लाख बराबरको आर्थिक कारोवार भएको छ भने अहिलेसम्म ६ करोड ९५ लाख बराबरको कारोवार भएको प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिइन् ।

महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डले स्टेज तताएको थियो । सोमबार कलाकारहरु लोकदोहोरीतर्फ प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानीय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।

lcci
You might also like

Comments are closed.