लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको अधिवेशनको समय नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि युवा नेतृत्व मैदानमा होमिएका छन् । संघलाई अबका दिनमा नयाँ तरिकाबाट अगाडि हाक्ने उद्धेश्यले युवा नेतृत्वको टिम रस्साकस्सीमा जुटेका छन् ।
आउँदो भदौ २० र २१ गते हुन लागेको अधिवेशनमा नयाँ नेतृत्वका लागि जानुका पराजुली अधिकारीको प्यानल सार्वजनिक भएको छ । अधिकारी अध्यक्ष रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, द्वित्तिय उपाध्यक्ष धु्रबबाबु भट्टराई (आई.डी.), महासचिव भरतराज ओझा, उपमहासचिव गंगाकुमारी मल्ल, कोषाध्यक्ष हरी बस्ताकोटी रहेका छन् ।
यस्तै खुल्ला सदस्यमा प्रतिक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, विरेन्द्रराज भुर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दिपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी छन् भने महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा परियार रहेका छन् । यस्तैगरी एसोसियट सदस्यमा दयाराज भण्डारी र संस्थागत सदस्यमा विरभद्र कंडेलसहिको उम्मेदवारी दिने प्यानलले तयारी गरेको छ ।
संघका महासचिव समेत रहेकी अधिकारीको नेतृत्वमा प्यानल सार्वजनिक भएपछि यसले चर्चा पाएको छ । अधिवेशनमार्फत आफ्नो पक्षमा मताधिकार प्रयोग गर्न र अधिवेशनको तयारीका सन्दर्भमा छलफलमा जुटेको अध्यक्ष पदका उम्मेदवार अधिकारीले बताइन् ।
“संघको सदस्य हुँदै हाल महासचिव पदमा रहेर मैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाइरहेकी छु, संघलाई अझ विस्तार गर्दै उद्योगी, व्यवसायीको क्षेत्रमा नयाँ कार्य गर्ने, आफ्नै गाउँमा बसेर युवालाई उद्यम, व्यवसाय गर्न उत्प्रेरित गर्ने उद्धेश्यले नै अध्यक्ष पदमा मेरो उम्मेदवारी हो” उनले भनिन्,–“अध्यक्षमा महिलाको नेतृत्व हुँदै गर्दा महिलाका बाहिर आउन नसकेका उद्यम, व्यवसायका समस्या, उनीहरुलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिल्नेछ” ।
युवा नेतृत्व भएकाले लेखनाथ क्षेत्रमा उनको नेतृत्वले सम्पूर्ण व्यवसायीको हकहित र महिला उद्यमीको विकास हुने अपेक्षा गरिएको छ ।
Comments are closed.