व्यावसायिक हकहितमा सक्रिय हुँदै लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ । आफ्ना व्यवासायीहरुको व्यापार व्यवसाय प्रवद्धनमा सहयोग पुग्ने गरि लेखनाथ उद्योग वाणिज्य संघले व्यवसाय सम्वन्धी प्रशिक्षण अभियान संचालन गरेको छ । कार्यक्षेत्रका सबै स्थानमा संघसंग आवद्ध र नयाँ व्यवसायीहरुलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता प्राप्तीका बारेमा जानकारी दिने उद्देश्य अन्तर्गत बुधबार पोखरा–३० को शिसुवा क्षेत्रका व्यवसायीबीच छलफल तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघको भदौमा हुने महाधिवेशनका बारेमा जानकारी दिने र व्यसायीहरुका समस्यहरुप्रति संघ चिन्तनशी भएको बताइएको थियो । विभिन्न चरणका कार्यक्रमहरु जस्तै शिसुवामा राखिएको कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष बलराम ढकालले व्यवसायीमा पर्न सक्ने पीडा मर्का तथा व्यावसायिक समस्यको समाधानमा संघ सहयोगी भएर अगाडि बढ्दै आएको जानकारी गराउँदै आफ्नो व्यवसायीको कार्यकुसलताको लागि संघले तालिम तथा व्यावासायिक प्रवद्र्धनका उपायका वारेमा जानकारी दिन तयार रहेको धारणा राखे । ‘व्यावसायिक हकहितका क्षेत्रमा काम गर्दै आइरहेका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनेछौं ।’

लेखनाथ उद्योग वाणिज्य संघको आह्वान र शिसुवा बजार ब्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रमा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, उपमहासचिव उपेन्द्रराज सुबेदी (राजु), कोषाध्यक्ष जानुका पराजुली, कार्यसमिति सदस्य मेनका श्रेष्ठ र रामजी पौडेल लगायतले संघले अगाडि सारेको कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।

शिसुवा बजार व्यवस्थापन समिति सक्रिय सदस्य माया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले कार्यक्रमको उद्देश्य र उपयोगीताका बारेमा जानकारी गराएका थिए । सहकारी तथा बैंंक, वित्तीय संस्था परिचालन उपसमितिका संयोजक ईन्द्रबहादुर थापा, रोजगार प्रवद्र्धन उपसमितिका संयोजक खेम बराल, युवा उद्योमी व्यवस्थापन समितिका संयोजक जीवन तिवारी लगायतले धारणा राखेका थिए ।

शिसुवा बजार व्यवस्थापन समितिका अध्यक्ष हरि त्रिपाठीले साना व्यवसायीहरुमा परेका समस्याहरुप्रति संघ उत्तरदायी भएर अगाडि बढ्नुपर्ने सुझाव राखे । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव गोपिचन्द्र वास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.