लेखनाथ उवासंघ महाधिवेशन भदौमा, अध्यक्षमा छत्रधर सर्वसम्मत हुँदै !

लेखनाथ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन भदौमा हुने भएको छ । भदौ १८ र १९ गते १३औं महाधिवेशन हुने संघले जनाएको छ ।

महाधिवेशन मिति नजिकिएसँगै विभिन्न पदका आंकाक्षीहरुले चुनावी अभियान सुरु गरेका छन् । अध्यक्षमा भने सर्वसम्मत हुने लगभग निश्चित छ । बर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका छत्रधर आत्रेय मात्रै अध्यक्षका आंकाक्षी भएकाले नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।

अध्यक्ष बाहेकका केही पदमा भने आकांक्षी बढी भएकाले निर्वाचन हुने सम्भावना छ । पूर्व अध्यक्षहरु सहितको समूहले सर्वसम्मतको प्रयास गरेपनि अध्यक्ष बाहेक पदमा चुनाव नै हुनसक्ने सम्भावना बढी रहेको व्यवसायीहरु बताउँछन् ।

jutta mela

अध्यक्ष बाहेक पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ ।

You might also like

Comments are closed.