कासा लाउञ्जमा “नाइन्टिज रिलोडेड” साँगीतिक साँझ हुँँदै

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित ‘कासा लाउञ्ज एण्ड बार’ ले आफ्नो ग्राहकलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै दरबारमार्गकै एक उत्कृष्ट र सबैले रुचाइएको लाउञ्जको रुपमा आफूलाई चिनाउन सफल भएको छ ।

आफ्नो ग्राहक तथा शुभचिन्तकलाई थप मनोरञ्जन प्रदान गर्न नयाँ वर्ष २०८१ को पहिलो महिना पारेर यही वैशाख १५ गते शनिवार सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । लाउञ्जले पूराना चर्चित पप गायक गायिकालाई लिएर क्लासिक भाईब्स झल्किने गरी ‘ब्याक टु नाइन्टिज’ नामक भव्य र सभ्य कार्यक्रम आयोजना गर्न लागेको हो ।

jutta mela

कार्यक्रममा ९० दशकका चर्चित गायकहरु सञ्जय श्रेष्ठ, सञ्जिव प्रधान, ज्योति घिमिरे, जेम्स प्रधान, सुमन श्रेष्ठ, कविन्द्र श्रेष्ठ, रविन महर्जन लगायत सुरक्षा मल्लले आफ्नो चर्चित गीतमार्फत भरपूर मनोरञ्जन दिन जुटिसकेका छन् ।

कासा लाउञ्जले विगतमा चर्चित तर हाल गुमनाम रहेका गायक गायिकालाई पनि लिएर आउने दिनहरुमा थप कार्यक्रमहरू गर्दै लैजाने कासा लाउञ्जका प्रबन्ध निर्देशक राम प्यारा श्रेष्ठले जानकारी दिए । दरबारमार्गको मुटुमै रहेको यस लाउञ्जमा पुराना चर्चित कलाकारहरुको प्रस्तुतिले अझ थप चर्चा कमाउने अपेक्षा लिइएको छ ।

You might also like

Comments are closed.