ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । बुधबार एक कार्यक्रमबीच पदस्थापन गरिएको हो ।
संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले नवनिर्वाचित अध्यक्ष मनोज बहादुर न्याछ्योंलाई पदस्थापन गराए । अध्यक्षले पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पदस्थापन गराएका हुन् ।
पुस १७ र १८ गते भएको निर्वाचनले मनोज बहादुर न्याछ्योंको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन गरेको थियो । संघको वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उपाध्यक्ष (उद्योग) मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन बज्राचार्य विजयी भएका थिए । वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका थिए ।
कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मीलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी भएका थिए ।
संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित भएका थिए ।







Comments are closed.