लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा जारी लेखनाथ महोत्सवमा शनिवार दर्शको घुईचो लागेको छ ।शनिवार विदाको दिनपनि परेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थी समेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । पुस ३ गतेबाट शुरु भएको महोत्सव पुष १४ गतेसम्म चल्नेछ ।
महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक ध्रुववावु भटट्राईले बताए । १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भट्टराईले जानकारी दिए ।
विषेशगरी वाल उद्यान तर्फ मात्र १० लाख वढिको आर्थिक कारोवार भएको बाल उद्यानका संयोजक भरत थापाले बताए । महोत्सव गेटदेखी तीन सय ३५ स्टलपार गरी कार्यक्रम स्थलसम्म पुग्न दर्शकलाई पुग्न हम्मे हम्मे परेको हो ।
नृत्य तर्फ वडहरे गन्र्दभ समाजको प्रस्तुती रहेको थियो भने विद्यालय स्तरीय कार्यक्रम अन्तगत आनन्द ज्योति मावि , गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श माविको प्रस्तुती रहेको थियो भने रत्यौली तर्फ गायत्री आमा समुहको आफ्नो प्रस्तुती राखेका थिए । कलाकारतर्फ लोकदोहोरीतर्फ खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ्ग, मधुथापा मगर र सुगम संगित तर्फ रचना रिमाल र डेविड शंकरको प्रस्तुती रहेको थियो ।
महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको संघका अध्यक्ष जानुका अधिकारी पराजुलीले जानकारी दिइन् ।
त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी छन् । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने छ ।





Comments are closed.