lcci festival

लेउवा संघद्वारा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको प्रगतीवारे जानकारी गराउन अनुरोध

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारको दोश्रो पञ्चवर्षीय योजनामा रहेको प्रदेश स्तरीय औद्योगिक क्षेत्रको प्रगती विवरणवारे जानकारी गराउन प्रदेश सरकारसँग अनुरोध गरेको छ । संघका अध्यक्ष जानुका पराजुलीसहितको टोलीले  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष  सो माग गरेको हो ।  

पुडिटार स्थित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्नका लागि आवश्यक जग्गा प्राप्ती सम्वन्धि कार्य प्रदेश सरकारले यस अगाडी नै गरिसकेको र त्यस पछाडिका प्रकृयाहरु कहाँसम्म पुगेका छन्, उक्त औद्योगिक क्षेत्रको हालसम्मको प्रगति विवरण के कस्तो छ सो बारे जानकारी उपलब्ध संघले अनुरोध गरेको छ । सङ्घका अध्यक्ष जानुका अधिकारीले समग्र गण्डकी प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकारले निर्माण गर्ने औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउन आग्रह गरिएको बताइन्।

राष्ट्रको सवैभन्दा ठूलो आवश्यकता भनेकै जनतालाई रोजगारी सृजना गर्नु हो, देशको अर्थतन्त्र चलायमान बनाउन, आपुर्ति सहजता र समृद्ध प्रदेश निर्माणका लागि प्रादेशिक औद्योगिक क्षेत्र अपरिहार्य रहेको र वर्तमान अवस्थामा जग्गाको मूल्य अत्याधिक भएका कारण व्यवसायीहरुले चाहेर पनि जग्गा किनेर उद्योग स्थापना गर्न नसकिरहेको अवस्थामा, उद्योग कलकारखाना स्थापनाको वातावरण सृजना गर्ने दायित्व सरकारको रहेको संघले जनाएको छ ।

समग्र गण्डकी प्रदेशको विकासमा टेवा पुयाउनका लागि प्रदेश सरकारद्वारा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको निर्माण कार्यलाई यथासक्य चाडो अगाडि बढाउनका लागि लेखनाथ उद्योग वाणिज्य संघले माग गरेको छ ।

राजमार्गको स्तरउन्नती भएसंगै राजधानी काठमाडौं र पोखरा सहज र छोटो गन्तव्यका शहर बनेका छन् सो कारण पनि पोखरा महानगरपालिका वडा न ३३ पुडिटारमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रले राजधानीको बजार समेत समेट्ने प्रचुर सम्भावना देखिन्छ त्यसैले पनि उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि मुख्यमन्त्री समक्ष संघले माग गरेको छ ।

You might also like

Comments are closed.