लायन्स डिस्ट्रिक्ट ३२५ एमको पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०२२/२३ का डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलसहित अन्य लिडरहरुले पदभार ग्रहण गरेका छन् । काठमाडौंको बसुन्धरास्थित लायन्सको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रमबीच पदस्थापन भएको हो ।

त्यस्तै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर भीमलाल पौड्याल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल, क्याबिनेट सेक्रेटरी रत्न पराजुली र क्याबिनेट ट्रेजरर शिव नारायण श्रेष्ठले पनि पदभार ग्रहण गरेका छन् ।

पोखरा महानगरका मेयर तथा मल्टिपल लायन्स म्यागजिन चिफ एडिटर एवं पास्ट डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले पदभार ग्रहण गराएका हुन् । लियो प्रेसिडेण्ट, भाइस प्रेसिडेण्ट सुशील भण्डारी र आस्विन खतिवडाले पनि पदभार ग्रहण गरे । इमिडेट पास्ट प्रेसिडेण्ट प्रकाश थापा क्षेत्रीले उनीहरुलाई पदभार ग्रहण गराएका हुन् ।

कार्यक्रममा चिफ एड्भाइजर धनिराम बराल, न्यु भ्वाइस इनिसेटीभ चिफ सरस्वती ज्ञवाली, चिफ ए ओ जि हरिचन्द्र तिवारी, को–चिफ एड्भाइजर उदय कुमार नेपाल, जि एम टि डिस्ट्रिक्ट को– अर्डिनेटर माधब पाण्डे, एल सि आइ एफ डिस्ट्रिक्ट को–अर्डिनेटर दीपक खरेल लगायतको उपस्थिति थियो ।

उक्त अवसरमा बोल्दै गभर्नर पौडेलले सबैको साथ र सहयोगबाट डिष्ट्रिक्टलाई संसारमै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.