पोखरामा खुल्यो लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम, लिपमोटर बि१० सार्वजनिक

पोखरा । पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम खुलेको छ । पोखराको शिवचोकमा स्थापना भएको शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोरुमको उद्घाटन गरेका हुन् । पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता एस.एस.एल मोटर्स कम्पनी प्रा.लि. हो ।

शिवचोकमा स्थपना भएको मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा प्रदान गर्नेछ । शोरुम उद्घाटनकै अवसरमा लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडीसमेत सार्वजनिक भएको छ । शोरुम उद्घाटन एवं बि१० सार्वजनिक कार्यक्रममा पोखरा क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायत सहभागी थिए ।

लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास गरिएको छ । सो शोरुमले प्रिमियम, ग्राहक केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्राण्डका नवीनतम मोडेलबारे प्रत्यक्ष बुझ्न सकिनेछ ।

लिपमोटर बि१० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो । ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बि१० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ । अहिले कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।

त्यस्तै ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेपनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ । अफर मूल्यका कारण लिपमोटरका ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुमको उद्घाटनसँगै नयाँ लिपमोटर गाडी सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको प्रालिका सञ्चालक गोपाल बरालले बताए । “हामीले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव संगालेका छौं । ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो” उनले भने,–“लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमा लोकप्रिय बनेको छ, नयाँ लिपमोटर पनि धेरैको रोजाईमा पर्ने विश्वास छ ।”

पोखरामा स्थापित नयाँ अत्याधुनिक शोरूम र सेवाले लिपमोटर र सिट्रोन गाडीप्रति पोखरेली ग्राहकको थप विश्वास बढ्ने साँग्रिला मोटर्सका प्रवन्ध निर्देशक हेमन्त गोल्छाले विश्वास व्यक्त गरे । लिपमोटर र सिट्रोन गाडीका लागि नेपालीको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स हो ।

नयाँ लिपमोटर बि१० का मुख्य विशेषताहरू :
–६७.१ kWh LFP ब्याट्री, CLTC प्रमाणित ६०० किमी दायरासहित
–१६०-kW मोटर, स्मूथ र रेस्पोन्सिभ प्रदर्शनका लागि
–ओटिए अपडेटसहितको एआई सञ्चालित स्मार्ट ककपिट
–लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ, र ३६०° क्यामेरा सहित उन्नत ADAS सुरक्षा प्रणाली

ग्राहकले अब एस.एस.एल मोटर्सको पोखरा सोरूममा गएर लिपमोटर बि१० को अवलोकन र टेस्ट ड्राइभका साथै स्मार्ट, वातावरणमैत्री गतिशीलताको भविष्य अनुभव गर्न सक्नेछन् ।

 

You might also like

Comments are closed.