लिपमोटर बी १० सार्वजनिक, सुरुवाती मूल्य रु.४९ लाख ९९ हजार

काठमाडौं । सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० सार्वजनिक गरेको छ । नेपालमा लिपमोटर सवारीको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्सले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवसरमा सार्वजनिक गरेको हो ।

रु.४९ लाख ९९ हजारको सुरुवाती मूल्यमा उपलब्ध लिपमोटर बी १० ले उत्कृष्ट प्रदर्शन, प्रविधि र सुरक्षाको संयोजन अत्यन्त प्रतिष्पर्धी मूल्यमा ल्याएकाले यो नेपालका लागि सबैभन्दा आकर्षक इलेक्ट्रिक सवारी विकल्पमध्ये एक बनेको छ ।

आधुनिक शहरी मोबिलिटीका लागि डिजाइन गरिएको लिपमोटर बी १० मा १६० किलोवाटको मोटर रहेको छ । जसमा लाइफ भेरियन्टमा ५६.२ किलोवाटको ब्याट्री र ३८० किलोमिटरको डब्लुएलटीपी रेन्ज रहेको छ । डिजाइन भेरियन्टमा सिंगल चार्जमा ४६० किलोमिटरको डब्लुएलटीपी रेन्ज प्रदान गर्दछ ।

सांग्रिला मोटर्स प्रालिका निर्देशक हेमन्त गोल्छाले लिपमोटर बी १० इलेक्ट्रिक गाडी मात्र नभएर यो नेपाली सडकका लागि तयार गरिएको स्मार्ट मोबिलिटी समाधान रहेको बताए । काठमाडौंको भृकुुटीमण्डपमा साउन २१ देखि २५ गतसम्म चल्ने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा लिपमोटर बी १० अवलोकन गर्न सकिनेछ । बुकिङ हालैदेखि सांग्रिला मोटर्स प्रालिका शोरूम तथा देशभरका साझेदार बिक्री केन्द्रमा खुला गरिएको छ ।

लिपमोटर बी १० को नेपाली बजारमा प्रवेश (गोल्छा अर्गनिजेसन अन्तर्गत) ले आफ्नो विद्युतीय सवारी साधनको पोर्टपफोलियो अझ विस्तार गरेको छ । यसले पुजो र सिट्रन सँगै अब लिपमोटरलाई समेत समावेश गरी दीगो, नवप्रवर्तनशील र बौद्धिक मोबिलिटीप्रति आफ्नो प्रतिबद्धता झनै मजबुत बनाएको छ ।

 

You might also like

Comments are closed.