लिपमोटरको अक्टोबरमा अग्रता कायमै

काठमाडौं । चिनियाँ ईभी निर्माता लिपमोटरले अक्टोबर महिनामा पनि आफ्नो अग्रता कायमै राखेको छ । न्यू इनर्जी भेइकल (एनईभी) स्टार्टअपमा लिपमोटरको बिक्रीले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेको हो ।

लिपमोटरले पहिलो पटक मासिक बिक्री ७० हजार युनिट कटाएर नयाँ रेकर्ड समेत बनाएको छ । कम्पनीका अनुसार, अक्टोबर महिनामा ७० हजार २८९ युनिट एनईभी बिक्री भएका छन् । जुन गत वर्षको सोहि अवधीको तुलनामा ८४ प्रतिशतले बढि हो । विगत ८ महिना यता लिपमोटर चिनियाँ एनईभीको बिक्रीमा निरन्तर अगाडी रहँदै आएको छ ।

लिपमोटर पछि दोस्रो धेरै कार हिमाले बिक्री गरेको छ । कम्पनीले अक्टोबर महिनामा ६८ हजार २१६ युनिट कार बिक्री गर्दा एक्सपेङले ४२ हजार १३ युनिट बिक्री गर्न सफल भयो । सुचीको चौंथो स्थानमा निओ र पाँचौ स्थानमा साओमी सामेल भएका छन् । यी ब्रान्डले क्रमशः ४० हजार ३९७ र ४० हजार भन्दा बढी युनिट न्यू ईनजी भेइकल बिक्री गरेका छन् । त्यसैगरी छैठौं स्थानमा रहेको दिपलले ३६ हजार ७९२ युनिट कार बिक्री गरेको छ ।

लिपमोटर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एक प्रिमियम ईभी ब्राण्ड हो । नेपालमा यसको बिक्री वितरण सांग्रिला मोटर्सले गर्दै आएको छ । कम्पनीले हाल सि१०, टी०३ र बी१० गरी कुल तीनवटा मोडल आयत गर्दै आएको छ ।

You might also like

Comments are closed.