काठमाडौं । नयाँ बिद्युतीय कार लिपमोटर बी१० ले सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सम्पन्न गरेको छ । यो नेपाली बजारमा हालसालै भित्रिएको हो ।
नेपालका लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्मले हालसालै आयोजना गरेको रेञ्ज टेष्ट कार्यक्रममा बी१० को प्रदर्शन र दक्षता परीक्षण गरिएको छ । लिपमोटर उत्तरढोकास्थित शोरुमबाट यात्रा सुरु गरी पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने यात्रालाई एकै दिनमा करिब ४५० किलोमिटर दूरी तय गर्दै एकै चार्जमा सफलतापूर्वक परीक्षण पूरा गरेको टोलीले जनाएका छन् ।
यस सफल परीक्षणले लिपमोटर बी१० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालको विविध सडक अवस्थामा पनि विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको लिपमोटरको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले जनाएको छ ।
Comments are closed.