लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रादेशिक सरुवा रोग नियन्त्रण अस्पताल बनाईने

 

पोखरा ।

पोखरा ३० को मोहोरीयामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई गण्डकी प्रदेश सरकार मतहतको प्रादेशिक सरुवा रोग नियन्त्रण अस्पताल बनाईने भएको छ ।

jutta mela

जनस्तरबाट वि.सं. २०६० साल फागुणमा महायज्ञ गरि मुठि दान देखि सर्वस्वदाताको सहयोगले निर्माण भएको अस्पताललाई स्तरोन्नती गर्दै जनतालाई सहयोग पुग्नेगरी प्रदेश स्तरीय सरुवा रोग नियन्त्रण अस्पताल बनाउने सहमति भएको हो ।

अस्पतालको आकस्मिक साधारणसभाले प्रादेशिक सरुवा रोग नियन्त्रण अस्पताल बनाउनका लागि प्रस्ताव अनुमोदन गरि थप प्रक्रियालाई अगाडी वढाउनका लागि कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरेको हो ।

अस्पताल संचालक समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालले जनतालाई सर्वसुलभ तरिकाले विशषज्ञ सेवा दिनका लागि अस्पताललाई प्रादेशिक अस्पताल बनाउनु पर्नेमा जोड दिदै यो क्षेत्रको बिकासका लागि ब्यवस्थीत अस्पताल बनाउन आफनो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गरेका थिए ।

सोही अवसरमा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सावित्री भण्डारी, वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरोल, लायन्स क्लव ३२५ वी १ नेपालका डिपार्टमेण्ट चिफ शैलेन्द्र मोहन भटराई लगाएतले जसरी महायज्ञका समयमा सवैको साथ र सहयोगले अस्पताल निर्माण देखि संचालनमा मुर्त रुप पाएको थियो त्यसैगरि आगामी दिनमा पनि सवैको सहयोगले ब्यवस्थीत अस्पताल बन्ने विश्वास ब्यक्त गरेका थिए ।

अस्पताल संचालक समितिका सचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष दुर्गादत्त अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.