लेखनाथ उद्योग वाणिज्य संघका सदस्यलाई करदाता शिक्षा

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ । आफ्ना सदस्यका लागि आन्तरिक राजश्व कार्यालय पोखराको सहकार्यमा करदाता शिक्षा कार्यक्रम गरेको हो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय कर दिवसको अवसर पारेर करदाता शिक्षा कार्यक्रम गरिएको छ । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सनु काफ्लेले कर प्रणाली र व्यवसायीले कर प्रणालीमा दिनुपर्ने ध्यान र अहिले करमा आएको छुट व्यवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् ।

व्यवसायीले राखेका जिज्ञासाबारे आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले व्यवसायीले तिरेको राजश्वबाट नै देश चल्ने हुँदा नेपाल सरकारले उद्योग व्यवसाय गर्नका लागि नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्ने बताए ।

राजश्वका कम्पयुटर अपरेटर सुदिप रेग्मी सहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, वस्तुगत संघ संघसंस्थाका प्रतिनिधि, वजार व्यवस्थापन समितिका प्रतिनिधि, संघका उपसमिति संयोजक र सदस्य एवं संघका सदस्य सहभागी थिए ।

संघका महासचिव जानुका पराजुली अधिकारीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले दिएका हुन् । यसवर्ष “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मुलनारा सहित देशभर राष्ट्रिय कर दिवस २०८१ मनाइएको छ ।

 

 

You might also like

Comments are closed.