लेउवा संघको आयोजनामा दौड प्रतियोगिता गरिने

काठमाडौं ।  लेखनाथ उद्योग बाणिज्य संघले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघको रजत महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउने सन्दर्भमा खेलकुदको माध्यमबाट उद्योगी व्यवसायीहरु बिच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले संघका सदस्यहरु बिच बजार व्यवस्थापन समितिको सिफारीसमा यहि २०७९ साल आषाढ १८ गते शनिवारका दिन दौड प्रतियोगिता आयोजना गरिने भएको हो ।

संघले दौड प्रतियोगिता आषाढ १८ गते शनिबारको बिहान ७.०० बजे महोत्सव स्थल तालचोक देखि भण्डारढिक चउर सम्म महिला तथा पुरुष व्यवसायीहरुको दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा भाग लिने सहभागीहरुको नामावली सम्बन्धित बजार व्यवस्थापन समितिले आषाढ १० गते भित्र संघमा उपलव्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै लेखनाथ उद्योग बाणिज्य संघबाट गठित वजार व्यवस्थापन उपसमितिको बैठक आईतवार संघको सभा कक्षमा सम्पन्न भएको थियो ।

संघका प्रथम उपाध्यक्ष एवं बजार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाको संयोजकत्वमा बसेको बैठकमा हाल बजारमा भईरहेको अस्वस्थ्य प्रतिस्पर्धालाई हटाई स्वच्छ प्रतिस्पर्धा गरी उद्योग व्यवसाय संचालन गर्न बिभिन्न वजार व्यस्थापन समितिहरुलाई सकृय बनाई स्थानिय प्रशासन तथा स्थानिय तहसंग समन्वय गरेर अगाडी बढ्ने बिषयमा सहभागीहरुले छलफल गरेका थिए ।

बैठकमा संघका अध्यक्ष छत्रधर आत्रेय, निवर्तमान अध्यक्ष बलराम ढकाल, बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठ लगायत पदाधिकारी तथा कार्यसमिति सदस्य एवं बिभिन्न बजार व्यवस्थापन समितिका १४ जना अध्यक्ष एवं प्रतिनिधीहरु उपस्थित भएका थिए ।

You might also like

Comments are closed.