प्रीमियम इलेक्ट्रिक एस.यू.भी एल ई भी ०१ नेपाल आउने, रेन्ज ५०० प्लस किमी

काठमाडौं । विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लान्च अटोमोटिवको पहिलो प्रीमियम एस. यू. भी. एल ई भी ०१ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अन्तर्गतको नेक्सन वेंचर्स प्रालि नियुक्त भएको छ । शंघाई लॉन्च अटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम एस.यू.भी. एल ई भी ०१ नेपालमा छिट्टै आउने बताइएको छ ।

प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रिक एस.यू.भी एल ई भी –०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एल ई भी –०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।

jutta mela

यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५०० प्लस किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।

वेबर ग्रुपले नेपाली बजारमा ल्याउन लागेको एल ई भी ०१ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.