लेखनाथ । जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था एल आई सी नेपालले स्वर्गीय कमल अधिकारीको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिका २६ वुढिवजार निवासी ४२ वर्षिय कमल अधिकारीले वि स २०७७ भदौमा एल आई सी नेपालमा ४० लाख ७० हजारको बीमा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई दावी भुक्तानी गरिएको हो । शुक्रवार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिका २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले ४३ लाख ४२ हजार ६ सय ९० रुपैंया बराबरको चेक उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
स्वर्गाीय अधिकारीको बीमा गरेको आठ महिनामा नै कोरोना संक्रमणका कारण २०७७ चैतमा निधन भएपछि निजकी श्रीमती लक्ष्मी अधिकारी र छोरा विकास अधिकारीलाई विमाङक र एक वर्षको लाभांश सहित प्रदान गरिएको हो । अधिकारीले पहिलो किस्ताको दुई लाख रुपियाँ मात्र बुझाएका थिए ।
चेक हस्तान्तरण गर्दै वडाअध्यक्ष गुरुङले बीमा मानिसका लागि अनिवार्य नै भएकाले आफु हुदाँ आर्र्थिक सुरक्षा र आफु नहुँदा पारिवारिकक सुरक्षा हुने भएकाले आफनो क्षमता अनुसारको बीमा गरि लगानीलाई सुरक्षीत गर्नुपर्नेमा जोड दिएका थिए । बीमाको महत्व र उपयोगिता ग्रामिण तहसम्म बुझाउन नसक्दा परिवारमा पर्ने अकल्पनिय दुर्घटना पछि भोग्नु परेको आर्थिक समस्याको तितो सत्यलाई आत्मसाथ गर्दै बीमालाई आपत विपतको साथी बनाउनु पर्ने सुझाव दिदै उपलब्ध भएको रकमलाई सहि सदुपयोग गरि आफना बाल बालिकाको शिक्षा दिक्षामा प्रयोग गरि सुरक्षीत लगानी गर्न समेत उनले अनुरोध गरे ।
कार्यक्रममा परिवारको तर्फबाट ठाकुर प्रसाद घिमिरेले बीमा गरेको छोटो समयमा नै परिवारको आफनो सदस्यलाई गुमाउदाको पिडा भएपनि परिवारको जीवन सहज बनाउने बताए साथै कम्पनी जिवन्त र दुःख सुखको साथी बनेको विचार राखेका थिए ।
सोही अवसरमा एल आई सी नेपाल लेखनाथ शाखाका शाखा प्रमुख मणिन्द्रमणि त्रिपाठी, एजेन्सी म्यानेजर रामप्रसाद आचार्य र भीमपाणि बराल लगायतले बीमा अनिवार्य बचत, आर्थिक सुरक्षा र पारिवारिक दायित्व प्रति सचेत गराउने योजना भएकाले बीमाको महत्व र उपयोगितालाई सवैले बुझनु पर्नेमा जोड दिएका थिए ।
Comments are closed.