लायन्स डिष्ट्रिक्ट ३२५ आईको क्याबिनेट स्कुलिङ कार्यक्रम नगरकोटमा

नगरकोट । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सुरू भएको छ।

नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा आज (शनिबार) कार्यक्रम सुरू भएको हो ।

डिष्ट्रिक्ट गभर्नर इलेक्ट राम बसेलको सभापतित्वमा तथा मल्टिपल काउन्सिल चियरपर्सन मन रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा १२६ जना लायन्स लिडरहरू सहभागी रहेको क्याबिनेट सेक्रेटरी मनोनीत हरिराज पन्तले जानकारी दिए । कार्यक्रम सोमबारसम्म सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.