लियो क्लब अफ पोखरा चौतारीमा किरण

पोखरा
लियो डिस्ट्रीक काउन्सिल ३२५ बि १ अन्तरगतको लियो क्लब अफ पोखरा चौतारीले आज लायन बर्ष २०२०÷०२१ का किरण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

समितीको निबर्तमान अध्यक्ष विशाल अधिकारी, प्रथम उपाध्यक्ष उत्तम पौडेल, द्धितिय उपाध्यक्ष, सागर पौडेल, सचिब कुशल अर्याल, सह सचिब सहनशिल पौडेल, कोषाध्यक्ष दिपेन बराल र सह कोषाध्यक्ष पुरुषोत्तम पराजुली रहेका छन् ।

क्लबका पुर्ब अध्यक्षहरु हरिहर पराजुली, प्रदिप पौडेल र बिशाल अधिकारी ले उक्त अबसरमा बोल्दै क्लबले आगामी कार्यकालमा ब्यक्तित्व र नेतृत्व बिकास गर्दै समाज सेबामा लागि आफुभन्दा कम भाग्यमानी र खाचो आवाश्यकता मा परेका ब्यक्ति लाई बिभिन्न कार्यक्रम मार्फत मानबिय सेवामा जुट्न र आफ्नो टिमलाई शसक्त बनाई एक उदाहरणिय कार्य गर्न निर्बाचित टिमलाई सुझाव दिएका छन् । लायन्सको युथ प्रोजेक्ट को रुपमा रहेको लियो क्लबहरुमा आबद्ध भई आफ्नो ब्याक्तित्व र नेतृत्व बिकास गर्दै समाज सेवा मा ३० बर्ष सम्मका युवाहरु लाग्न सक्ने हुनाले ईच्छुक युवालाई क्लबमा आबद्ध हुन समेत सुझाव दिए ।

lcci
You might also like

Comments are closed.