काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालको डिष्ट्रिक्ट गभर्नरमा भीमलाल पौड्याल निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न डिष्ट्रिक्टको पहिलो कन्भेन्सनबाट उनी गभर्नर निर्वाचित भएका हुन् । नवनिर्वाचित गभर्नर पौड्यालको कार्यकाल आगामी जुलाईबाट सुरु हुनेछ ।
त्यसैगरी, डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा चण्डीप्रसाद अर्याल र सेकेण्ड भाइस गभर्नरमा धनीराम बराल निर्वाचित भएका छन् ।
नवनिर्वाचित गभर्नर पौड्याल सन् २००८ देखि लायन्समा सक्रिय छन् । लामो समयदेखि लायन्स मार्फत समाजसेवाको क्षेत्रमा सक्रिय पौड्यालले आफ्नो कार्यकालमा ग्रामीण क्षेत्र केन्द्रित भएर सामाजिक कार्यहरु गर्ने बताएका छन् । ‘सम्पूर्ण लायन्स लिडर तथा लायन्स साथीहरुको साथमा रहेर कार्यकाल सम्पन्न गर्नेछु,’ उनले भने ।
लायन्सका बर्तमान डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलको सभापतित्वमा प्रथम कन्भेन्सन सम्पन्न भएको हो । कन्भेन्सन सफल बताउन सहयोग गर्ने सम्पूर्णप्रति गभर्नर पौडेलले आभार व्यक्त गरेका छन् ।







Comments are closed.