काठमाडौं । लायन्स क्लब अफ पोखराको ४९औं चार्टर नाइट सेरेमनी तथा ट्रेकिङ–हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । ४९औं वर्षको यात्राको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
सन् १९७६ मा सुरु भएको यस संस्थाले विभिन्न क्षेत्रमा कार्य गर्दै आइरहेको छ । सेवाको भावना र आत्मीय एकताले सम्भव रहेको छ भन्ने संस्थाले उदाहरण प्रस्तुत गरेको छ ।
आगामी ५०औं वर्ष प्रवेशको तयारीसँगै अझै ऊर्जा, एकता र सेवाभावसहित समाजसेवाको यात्रामा अघि बढ्ने क्लबले सङ्कल्प बोकेको छ ।





Comments are closed.