‘डिष्ट्रिक्ट ३२५ एम’ संसारमै अब्बल बन्ने यात्रामा

काठमाडौं– लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपाल बाइफम्रेसनको पहिलो वर्षमै उत्कृष्ट क्षमता प्रदर्शन गरेको छ । अहिले डिष्ट्रिक्टको नेतृत्व महेन्द्र पौडेलले गरिरहेका छन् । उनी र उनको टिमले डिष्ट्रिक्टलाई सफलताको बाटोमा डो¥याइरहेको छ ।
विश्वका ७४३ भन्दा बढी डिष्ट्रिक्ट छन् । गभर्नर पौडेल ती डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर इलेक्ट सेमिनारमा सहभागी थिए । जहाँ उनलाई विश्वभरीकै उत्कृष्ट गभर्नर बन्ने सौभाग्य मिल्यो । ‘विश्वकै नं १ घोषित भएपछि त्यसलाई काममा कसरी देखाउने डिष्ट्रिक्टमा कसरी त्यसको छाप छाड्ने भन्ने कुराले मलाई सधै घच्घचाई रह्यो, यसको लागि मेरो लायन्स लिडरसँग व्यापक छलफल र सुझाव लिएर अगाडि बढें,’ पौडेल भन्छन् ।

अहिले ३२५ एम नेपाल, विभिन्न सूचकका आधारमा विश्वभरीमै पहिलो स्थानमा आएको छ । पौडेल भन्छन्, ‘हामी यो वर्ष २२ ओटा क्लब खोलेर पहिलो भएका छौं, सदस्य विस्तारमा राम्रो प्रस्तुति छ, त्यसमा पनि उत्कृष्ट पाँचमा पर्ने संभावना छ । नेपालका १५ डिष्ट्रिक्टको तुलनागर्दा यो सूचकमा हामी पहिलो मै छौं, नेपालको हकमा ‘कन्ट्रिवुसन’ (आर्थिक योगदान) मा पनि डिष्ट्रिक्ट ३२५ एम उत्कृष्ट पाँचमा छ ।’
उनले डिष्ट्रिक्ट ओरिइन्टेसन, ट्रेनिङ, सर्भिस, रिर्पोटिङमा हामी अगाडि रहेको बताउँछन् । क्लब अफिसर रिर्पोटिङमा शतप्रतिशत र नयाँ क्लबको हकमा बाहेक अरू गतिविधिको हकमा पनि शतप्रतिशत रिर्पोटिङ गरेर विश्वमै अब्बल डिष्ट्रिक्टको रुपमा आफूलाई स्थापित गराएको उनको भनाइ छ ।

उनले क्लब मोभिलाइजेसन र सेवाकार्यलाई व्यापक रूपमा प्राथमिकता दिँदै आएको बताए । डिष्ट्रिक्टले विभिन्न सामाजिक गतिविधि र अन्तराष्ट्रिय सहयोगमा विभिन्न परियोजना पनि सञ्चालन गरिरहेको छ ।
‘लायन्स आफैमा सेवाको क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा पनि ३२५ एमको नारा शहरभन्दा दुग्रम गाउँ केन्द्रित भएर समस्या पहिचान गरि नागरिकले लाभ लिने गरि काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर हाम्रा क्लबहरूले काम गर्दै आएका छन्,’ उनले भने । पूर्व डिष्ट्रिक्ट गभर्नर समेत रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य छोटो समयमै ‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपाल’ संसारकै राम्रो सर्भिस गर्ने उत्कृष्ट डिष्ट्रिक्टको रूपमा स्थापित भएको बताउँछन् ।

jutta mela

सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर चण्डिप्रसाद अर्याल डिष्ट्रिक्टका लिडरहरूले शुरू देखिनै देखाएको सक्रियता र समन्वयले समग्रमा राम्रो प्रगति देखिएको बताउँछन् । उनी फेलोसिपमार्फत क्लबका सदस्यमा लिडरसिपको विकास गर्ने र समुदायको आवश्यकता पहिचान गरेर त्यसका अधारमा रणनीति तय गर्ने अभ्यास रहेको र अबका दिनमा पनि सोही प्रकृयालाई निरन्तरता दिने बताउँछन् ।
फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर भीमलाल पौड्याल डिष्ट्रिक्टले दुर्गम क्षेत्रका नागरिकको पहुँच विस्तार र सुविधामा केन्द्रित भएर काम गर्नुपर्ने बताउँछन् । उनी अब डिष्ट्रिक्ट गभर्नर बन्दै छन् ।

डिष्ट्रिक्टका चिफ एडभाइजर धनिराम बराल क्लबको नेतृत्वलाई बलियो बनाएर दिगो क्लब र स्थायी सदस्यको अवधारणालाई आत्मसात गर्नुपर्ने बताउँछन्् । सर्भिसका कामलाई हरेक क्लबले छुट्टा छुट्टै गर्नुभन्दा पनि देखिने खालका एउटै काम गर्नुपर्ने उनी बताउँछन् ।
पास्ट मल्टिपल काउन्सिल चियरपर्सन गिरिधारी शर्मा दीर्घकालिन प्रभावमा गतिविधि, जसले समाज र राष्ट्रलाई केही दिन सक्ने क्रियाकलाप गर्नुपर्ने बताउँछन् । उनले भने ‘लायन्स भनेको स्वयसेवी रूपमा काम गर्ने संस्था हो । सेवाकार्य हाम्रो प्राथमिकता हो । काम भइराखेको छ, भइरहन्छ तर त्यसलाई प्राथमिकता दिने र प्रभावकारिता ल्याउने कुरा महत्वपूर्ण हो । त्यसमा हामी सबै सक्रिय र इमान्दार बन्नुपर्छ ।’

 

 

You might also like

Comments are closed.