काठमाडौं । क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ केबल र कन्डक्टर्स ब्रान्डले आउदै गरेका चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ ।
यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार लिटमस केबल खरिद गरि तारिङ प्रक्रियाको फोटोसहितको बिल केबल्सको साइटमा पठाउनु पर्नेछ ।
कार्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् । बिजेताले जितेको पुरस्कार घोषित भएको ३ देखि ५ दिनभित्र पाउन सक्नेछन् । उक्त पुरस्कारको वितरण नजिकको Dealer/Retailer बाट गरिनेछ ।
यो योजना २० भदौदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुनेछ । सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो ।
यस कम्पनिले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारहरू उत्पादन गर्दै आएको छ ।
लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।




Comments are closed.