लिटल फ्लावरको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगबहादुर गुरुङले कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए । उनले बदलिंदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिए ।

कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले भावी योजनासहित प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले विद्यालयका संस्थापक कमल खड्का र देवी खड्काले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको दावी गर्दै अझै थप उचाइमा विद्यालयलाई लैजान सबैको सकारात्मक सहयोग आवश्यक रहेकामा जोड दिए ।

विविध साँस्कृतिक कार्यक्रमका साथै गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारीले मन्तव्य राखेका थिए । कक्षा ११ की विद्यार्थी वर्षा तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कक्षा ११ का संयोजक विष्णुहरि पौडेलले गरेका थिए । पुरस्कार वितरणका छुट्टा्छुट्टै विधाका कार्यक्रममा वि इञ्चार्ज रामकृष्ण आचार्य, प्रा.वि इञ्चार्ज हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सहसंयोजक लक्ष्मी गरुङले गरेका थिए ।

शिक्षक लक्ष्मी घिमिरे र विद्यार्थी सुदिक्षा सुनारले कविता वाचन, विद्यार्थी जस्मीन श्रेष्ठले भाषण गरेका थिए । विद्यालय व्यवस्थापन समितिमा रहेर योगदान गरेका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । हाल विद्यालयमा सात सय विद्यार्थीहरु अध्ययनरत छन् ।

You might also like

Comments are closed.