लुम्बिनी विकास बैंकका ग्राहकलाई धुलिखेल जिपलाइनमा २० प्रतिशत छुट

काठमाडौं । लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा.लि.(धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिन सम्झौता गरेको हो ।

सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुविधाहरु लिएबाफत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चर प्रा.लि.को तर्फबाट अध्यक्ष केदारबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । यस विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ ।

jutta mela

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

You might also like

Comments are closed.