रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले वार्षिकोसत्वको अवसरमा केन्द्रीय कार्यालय डिल्लीबजार तथा शाखा कार्यालय न्यूरोड पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा १५६ जना रक्तदाताले रक्तदान गरेका छन् । बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा २० बर्ष भन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रहेर सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको छ । सञ्चालक समितिका सदस्य र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सयुक्त रुपमा कर्मचारीलाई दीर्घसेवा पदक र मायाको चिनो प्रदान गरे ।

देशका ७ वटै प्रदेशमा शाखा मञ्यालन गरी कारोवार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । यस विकास बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम् प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.