काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मुनाफाबाट सेयरधनीहरुलाई ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।यस कम्पनी हाल सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।
Comments are closed.