लुम्बिनी जनरल इन्स्योरेन्सकाे लाभांस प्रस्ताव संशोधन

काठमाडौं ।  लुम्बिनी जनरल इन्स्योरेन्सकाे लाभांस प्रस्ताव संशोधन भएकाे छ ।

१० माघ गते मंगलबार बसेको इन्स्योरेन्सको बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर दिने निर्यण गरेको हो ।

यसभन्दा अघि गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनीले सो लाभा‌ंशको प्रस्तावलाई संशोधन गर्दै ६.९९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतिका क्रममा प्राप्त निर्देशन बमोजिम लाभांश संशोधन गरिएको हो । अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

You might also like

Comments are closed.