लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी

भैरहवा । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ । सो सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलकातर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सकातर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको, सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ । यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ । यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ ।

साथै आगामी वर्षमा एनपिएलका लागि पनि तयारी हुनेछ । अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ । सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एक्स्ट्राटेक ओभल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोही अनुरुप हाम्रो पहिचान बन्ने बताए ।

एक्स्ट्राटेक ओभलका प्रतिनिधि बिनोद कुँवरले नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा यो साझेदारीले हामीलाई अझ दृढ बताउने जनाए । सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ । यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्नेछ ।

यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र खेलाडी उत्पादनमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ ।

You might also like

Comments are closed.