माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्रमा आवेदन दिन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी गान्धी पण्डितको नाममा रहेको ९८ हजार ८ सय ९७ कित्ता संस्थापक शेयर आजबाट बिक्रीमा राखेको हो ।

बैंकले शेयर खरिदका लागि पहिलो प्राथमिकतामा बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

इच्छुकले माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारास्थित बागदरबार जे.डि.ए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या खुलाई आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.