काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधार विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।
विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात बैंकले यस विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधार निर्माण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थासंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
Comments are closed.