माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित कर्जामा छुट योजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गरी कर्जामा छुट योजना ल्याएको छ । नेपालीहरुको महान् पर्व तीज, दशै, तिहार र छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।

सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै सो कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्नेछन् । बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै सो कर्जाको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । आउँदो भदौ ३१ सम्म मात्र अफर लागु हुनेछन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.

Skip1