डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न माछापुच्छ्रे बैंक र बिगमार्ट बीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।

सम्झौता पश्चात् देशभरी रहेका बिग मार्टका आउटलेटबाट माछापुच्छ्रे बैंकका ग्राहकले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुबिधाहरु पाउनेछन् ।

यसैबीच बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बंैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २ सय सम्मको क्यासब्याक प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका ३ सय भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

यस सम्झौताले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन र व्यापार व्यवसाय गर्न संघ संस्थालाई व्यापार प्रवद्र्धनमा सघाउ पुग्दै आइरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ सेवा, २ सय एटिएममार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.

Skip1