प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको रु २५ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख सहयोग गरेको छ ।

केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पीडितलाई सहयोग पुगोस भन्ने उद्धेश्यले सो रकम सहायता स्वरुप सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन के.सी.ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका पदाधिकारी लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.